• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सानीभेरीमा ल्याव तथा एक्सरे सेवाको उद्घाटन

image not found

नारायण ओली 

रुकुम पश्चिम, असोज, १४ ।

 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका अन्तर्गत सिम्ली स्वास्थ्य चौकीमा आधुनिक ल्याव तथा सादा एक्सरे सेवाको उद्घाटन गरिएको छ । पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभाका सांसद जनार्दन शर्माले उक्त सेवाको उद्घाटन गर्नुभएको हो । 

 

ल्याब तथा एक्सरे सेवाको उद्घाटन गर्दै सांसद शर्माले चुनावको वेला जनता समक्ष गरेको प्रतिबद्धता पुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो यहाँका नागरिकहरुले अब ल्याब र एक्सरे सेवाका लागि टाढा जानुपर्ने, यसकै लागि धेरै पैसा खर्च गर्नु पर्ने बाध्यताको पनि अन्त्य भएको छ, अब हाम्रो मुख्य काम भनेको शिक्षा, स्वास्थ्य र उत्पादनमा जोड दिने हुनेछ ।

 

सानीभेरी गाउँपालिकाको गत आर्थिक वर्ष ०७४÷७५ को  १५ लाख बजेटबाट ल्याब र एक्सरे सेवा संचालनमा ल्याईएको हो । गाउँपालिकाले ल्याब सेवा संचालनका लागि एक ल्याव टेक्नेसियन र एक ल्याब असिस्टेन्ट र एक्सरेका लागि एक रेडियो ग्राफर करारमा नियुक्त गरेको छ । 

 

यस्तै सांसद शर्माले स्वास्थ्य बिमा गर्न सबैलाई आग्रह गर्नुभयो । स्वास्थ्य बीमाले पैसा नभएपनि बिरामीको उपचार हुने भएकाले प्रसाको अभावमा सानो रोगको पनि उपचार गर्न नसक्नेका लागि स्वास्थ्य बीमा निकै लाभदायक रहेको उहाँको भनाई छ । 

 

कार्यक्रमको संचालन सानीभेरी गाउँपालिकाका स्वास्थ्य संयोजक लोकेन्द्रबहादुर डाँगीको गर्नुभएको थियो ।