• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

भ्रष्टहरुलाई एक छिन पनि पदमा बस्ने अधिकार छैन्ः प्रभाकर

image not found

नारायण ओली 

रुकुम पश्चिम, असोज, १४ ।

 

प्रतिनिधि सभा सदस्य तथा पूर्व गृह मन्त्री जनार्दन शर्मा प्रभाकरले भ्रष्टाचार गर्ने जनप्रतिनिधी र कर्मचारी १ मिनेट पनि सार्वजानिक पदमा बस्न नपाउने बताउनु भएको छ । जनताका आकांक्षा अनुसार काम नगरेर कुनै किसिमको अड्को थापियो भने त्यो सैह्य नहुने उहाँले बताउनुभयो  । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको सिम्लीमा जिल्ला समन्वय समिति रुकुम(पश्चिम)को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा शर्माले यस्तो बताउनुभएको हो । 

 

उहाँले रुकुम पश्चिमबाट समाजबादको अभ्यास गर्न आँफुहरु लागि परेको र गन्तव्यमा पुग्न स्थानिय सरकारको महत्वपूर्ण भुमिका रहेकाले जनताको हरेक माग अनुसार कुशलता पुर्वक काम गर्न स्थानिय सरकार तदारुपताका साथ लागि पर्नुपर्ने बताउनुभयो । 

 

जिल्लाका ६ वटा स्थानिय तहका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत तथा लेखापालहरुको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता पूर्व गृह मन्त्री तथा प्रतिनिधि सभाका सांसद जनार्दन शर्माको रहेको थियो ।

 

कार्यक्रममा राष्ट्रिय सभा सदस्य ठकेन्द्र प्रकाश पुरी, कर्णाली प्रदेशका सांसद गोपाल शर्मा, रातो कामी, प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, प्रहरी नायब उपरीक्षक सुमित खड्काको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी माधब प्रसाद शर्माले गर्नुभएको थियो ।।