• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

त्रिवेणी गाउँपालिका २ का वडा अध्यक्ष माथी हातपात

image not found

सानीभेरी समाचार डेस्क 

असोज, १२ ।

रुकुम(पश्चिम)को त्रिवेणी गाउँपालिका वडा नंम्बर २ का वडा अध्यक्ष माथि कुटपिट भएको छ । गाउँपालिका अध्यक्षका सहोदर भाईले वडा नं. २ का अध्यक्ष शोभाराम बोहरा माथी कुटपिट गरेको बताईएको छ ।

 

गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तिका सहोदर भाई टोपबहादुर घर्ति र बाँदरपानि खानेपानी व्यबस्थापन समितिका अध्यक्ष खेलबहादुर बुढाथोकिले आफूमाथी कुटपिट गरेको वडा अध्यक्ष बोहराले बताउनुभयो । आज बिहान खानेपानीको विवाद सुल्झाउन वडा अध्यक्ष सक्रिय रहेको भन्दै कुटपिट गरिएको वडा अध्यक्ष बोहराले बताउनुभयो ।

 

वडा अध्यक्ष बोहराका अनुसार, गाउँपालिका अध्यक्ष घर्ती र खानेपानी अध्यक्ष बुढाथोकीको पारिवारिक संलग्नतामा गाउँपालिका को वडा नं. २ मा आउने पानीको पाईप काटिएको थियो । ‘आफूले खानेपानीको पाईप जोड्न पहल गरेको र पाईप लाईन काट्ने माथी कारबाहि गर्ने कदम अगाडि बढाएपछि उहाँहरुले आफुलाई हातपात गरेको वडा अध्यक्षको भनाई छ । 

 

वडा अध्यक्ष बोहराले भन्नुभयो, ‘गाउँपालिका अध्यक्षले नजोड्नु भनेको खानेपानी लाईन जोड्न निर्देशन दिने तँ को होस् भन्दै अध्यक्षका भाई समेत म माथी आईलागे ।’ उहाँका अनुसार, खानेपानीको लाईन काटिएपछि पीडित जनताले पटकपटक खानेपानीको पाइप जोडिदिन र पाइप काट्नेलाई कारबाही गर्न माग गर्दै लिखित तथा मौखिक निवेदन दिएका छन् । 

 

खानेपानीबाट बन्चित ३६ परिवारले असोज ५ गते पानी सुचारुको माग गर्दै वडा कार्यालय घेराउ समेत गरेका थिए । त्यसपश्चात वडा कार्यालयद्धारा खानेपानी समितिलाई एक हप्ता भित्र काटेको पाइप जोड्न निर्देशन दिएर खानेपानी समितिलाई पत्राचार गरिएको थियो । कुटपिट पछि वडा अध्यक्ष बोहराले दोषीलाई कारबाहीको र सुरक्षाको माग गर्दै प्रहरीचौकी सिमु्रतुमा निवेदन दिनुभएको छ । 

 

वडा अध्यक्षबाट सुरक्षा र कारबाहीको माग गर्दै निवेदन आएकोले दुबै पक्षहरुलाई सम्पर्कमा ल्याएर गाउँपालिका अध्यक्षको रहोबरमा छलफल गरिने प्रहरीचौकी सिमू्रतुका इन्चार्ज टंक भट्टराईले जानकारी दिनुभयो ।