• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

कालिका मन्दिर देखि पुष्पलाल चोक, बराहटाकुरा सम्मको बाटो स्तर उन्नति गरिने

सानीभेरी समाचार डेस्क

असोज, १२ ।

रुकुम(पश्चिम)मुसिकोट नगरपालिका वडा नम्वर १ खलङगाको कालिका मन्दिर देखि पुष्पलाल चोक हुँदै बराहटाकुरा सम्मको बाटोको स्तर उन्नति गरिने भएको छ । करिव एक किलो मिटर उक्त बाटोमा ईन्टरलिङ कङक्रीट ब्लक टाईल बिछ्याईने भएको हो । 

 

सहरी बिकास तथा भवन डिभिजन कार्यालय रोल्पाको आयोजनामा निर्माण हुने उक्त सडकको निर्माण जिम्मा कोशी न्युपाने यति जेवि(यति विल्ड्रस)ले लिएको छ । २०७५ असार २९ गते सम्झौता भएको काम २०७६ असोज २८ गते सक्ने ठेकादार कम्पनीले जनाएको छ । 

 

सहरी बिकास तथा भवन डिभिजन कार्यालय रोल्पाले टाईल बिछ्याउनको लागि २ करोड ७१ लाख ३० हजार ४ सय १९ रकम विनियोजन गरेको छ । उक्त बाटो आरसिसि नाला सहित ४ मिटरको हुने डिभिजन कार्यालयका ईन्जिनियर शुसिल रसाईलीले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार आरसिसि नालाको बिचमा २ दशमलव ९० मिटर टाईल बिछ्याइने बताइएको छ ।