• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुमका उपभोक्ता समिति खारेजः प्रभाकर

image not found

सानीभेरी समाचार डेस्क 

असोज, १२ ।

प्रतिनिधि सभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले रुकुम पश्चिममा उपभोक्ता समिति सदाका लागि खारेज भएको बताउँनुभएको छ । दोस्रो स्यार्पू पर्यटन महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद प्रभाकरले जिल्लाबाट अव सधैका लागि उपभोक्ता समिति खारेज भएको बताउनुभएको हो । 

 

उपभोक्ता समिति मार्फत हुने विकास निर्माण प्रभावकारी नभएको भन्दै अव श्रम सहकारी मार्फत जिल्लाका सम्पुर्ण विकास निर्माणका काम हुने उहाँको भनाई छ । ‘अव सबै जनताको सहभागीतामा श्रम सहकारीहरु गठन हुन्छन्, तिनै सहकारी मार्फत विकास निर्माणका काम हुनेछन्, उहाँले भन्नुभयो–अव जिल्लाका कुनैपनि ठाउँमा उपभोक्ता समिति रहने छैनन् ।’

 

त्यस्तै उहाँले पर्यटनलाई समृद्धि संग जोड्नुपर्नेमा जोड दिनुभएको छ । अव पनि हाम्रा सम्पदाह?लाई देखाउँने मात्र नभई ति सम्पदा देखाएर हामिले आम्दानी गरी जिवनस्तर उकास्न जरुरी छ उहाँले भन्नुभयो । कर्णाली प्रदेशका सबै जिल्लामा रहेका पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धनका लागि पर्यटकिय सर्किटको अवधारणा ल्याईएको र यसबाट पनि नागरिकको जिवनस्तरमा परिवर्तन आउँने उहाँको विश्वास छ । 

 

साथै उहाँले अव हुने विकास निर्माणका लागि डोजरको प्रयोगलाई प्रतिबन्ध लगाउँन स्थानीय सरकारलाई निर्देशन दिनुभएको छ । डोजरकै कारण पर्यावरणमा ठुलो क्षति भएको भन्दै उहाँले पर्यावरणलाई जोगाउँनका लागि डोजरलाई प्रतिबन्ध लगाउँनुपर्ने उहाँले बताउनुभयो । एकदमै गर्नैपर्ने ठाउँमा बाहेक अन्य ठाउँमा डोजरको प्रयोग नगर्न उहाँको निर्देशन छ ।