• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

पर्यटन प्रवद्र्धनका लागि स्यार्पू पर्यटन महोत्सव

image not found

सानीभेरी समाचार डेस्क 

असोज, १२ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा बिहिबारबाट स्यार्पू पर्यटन महोत्सव सुरु भएको छ । पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले महोत्सव आयोजना गरेको हो । 

 

गाउँपालिकाको समृद्धिका लागि आयोजित स्यार्पू महोत्सवको आज एक समारोहका बिच प्रतिनिधि सभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले उद्घाटन गर्नुभयो । 

 

पर्यटनका माध्यमबाट गाउँपालिकाको समग्र विकास गर्ने उद्ेश्यका साथ स्यार्पू तालको छेउमा महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लाको पर्यटकिय स्थल स्यार्पू ताल सहित यहाँ रहेका अन्य स्थानीय उत्पादनको प्रवद्र्धन गरेर समृद्धि हाँसिल गर्ने लक्ष राखिएको छ । 

 

स्यार्पूको प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धनका लागि २०६७ सालमा पहिलो पटक स्यार्पू पर्यटन महोत्सव आयोजना गरिएको थियो । हरेक वर्ष पर्यटन प्रवद्र्धनका लागि स्यार्पूमा पर्यटन महोत्सव आयोजना गर्ने लक्ष राखिए पनि विचमा वर्षेनि मेला मात्र आयोजना हुने गरेको थियो । 

 

तर राज्य पुनर्संचना भई स्थानीय सरकार बनेपछि पहिलो स्यार्पू पर्यटन महोत्सव भएको ९ वर्षपछि महोत्सवको दोस्रो संस्करण आयोजना गरिएको हो । त्यस्तै महोत्सवको अवसर पारेर विभिन्न प्रतियोगीताहरुको पनि आयोजना गरिएको छ । 

 

महोत्सव मुल आयोजक समितिका अनुसार पुरुष तथा महिला भलिबल, पञ्चेबाजा, सिंगारु र झाँक्रि नाच प्रतियोगीताको आयोजना गरिएको छ । त्यस्तै महोत्सवमा इन्द्रेणि ग्रुप सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले साँस्कृति प्रस्तुति समेत राख्ने छन् ।  

 

‘जल, जंगल, जडिबुटि, कृषि, कला संस्कृति हाम्रा उत्सव, बाँफिकोट समृद्धिका लागि दोस्रो स्यार्पू पर्यटन महोत्सव’ भन्ने नाराका साथ बिहिबारबाट सुरु भएको महोत्सव १५ गतेसम्म चल्ने छ ।

 

गाउँपालिका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक धर्मवहादुर केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख तथा राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकाश पुरीको विशेष आतिथ्यता रहेको थियो । 

 

त्यस्तै कार्यक्रममा कर्णाली प्रदेश सरकारका पर्यटन मन्त्री नन्दसिंह बुढा, भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, प्रदेश सभा सदस्य गोपाल शर्मा अनल, रातो कामी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा लगाएत जिल्ला स्थित कार्यालय प्रमुख, सुरक्षा निकाय, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि लगाएतको पनि उपस्थिति रहेको थियो ।

 

गाउँपालिका उपाध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका सह संयोजक मनकला पुनको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन वडा नम्बर ३ का वडाध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका सह संयोजक चन्द्रवहादुर केसीले गर्नुभएको थियो ।