• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

कृषि ज्ञान केन्द्रको उद्घाटन

image not found

सानीभेरी समाचार डेस्क 

असोज, ११ ।

रुकुम पश्चिममा कृषि ज्ञान केन्द्रको उद्घाटन भएको छ । साविकको जिल्ला कृषि विकास कार्यालय कृषि ज्ञान केन्द्रमा रुपान्तरण भएपछि बिहिबार(आज) एक कार्यक्रमका विच प्रतिनिधि सभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले कृषि ज्ञान केन्द्रको उद्घाटन गर्नुभएको हो । 

 

मुसीकोट नगरपालिका पाँचमा रहेको साविकको जिल्ला कृषि विकास कार्यालयको भवनमा कृषि ज्ञान केन्द्र राखिएको छ । रुकुम पश्चिम र सल्यान जिल्लामा काम गर्ने गरी ज्ञान केन्द्र स्थापना हुन भएको हो । मन्त्री परिषद्को निर्णय अनुसार देशभर ५१ ज्ञान केन्द्रमध्य एउटा ज्ञान केन्द्र रुकुम पश्चिममा स्थापना भएकोछ । 

 

ज्ञान केन्द्रका लागि कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले जिल्लामा १५ जना कर्मचारी पठाएको छ । कार्यालय प्रमुखमा प्राविधिक तर्फका उपसचिव, ५ जना प्रावधिक अधिकृत, ३ जना प्राविधिक सहायक, एक जना लेखापाल, एक जना खरीदार, एक जना ड्राइभर र ३ जना कार्यालय सहयोगी रहेको बताईएको छ । 

 

गत साउन १ गते अघि नै जिल्ला कृषि विकास कार्यालय खारेज भएको थियो । त्यसयता फाजिलमा रहेका कार्यालय कर्मचारीहरुले अब ज्ञान केन्द्रमा काम ज्ञान केन्द्र प्रमुख अमरराज शर्मा घिमिरेले बताउनुभयो । ज्ञान केन्द्रले कृषि ज्ञानगुणका काम धेरै गर्नेछ । 

 

रुकुम पश्चिम र सल्यान जिल्लाको कृषिसंग सम्बन्धित तालिम, गोष्ठी, शिविर सञ्चालनको साथै अन्य उपायबाट पनि कृषि उत्पादनमा बढावा दिने गरी ज्ञान केन्द्र स्थापना गर्ने अवधारणा सरकारले ल्याएको हो । 

 

ज्ञान केन्द्रको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा प्रभावकरले परम्परागत कृषि प्रणालीलाई आधुनिक बनाई जनताको आर्थिक स्तर माथि उकास्ने गरी ज्ञान केन्द्रले काम गर्नुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले जिल्लाको हावापानीलाई ध्यानमा राखेर काम गर्न पनि ज्ञान केन्द्रका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । 

 

त्यस्तै कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्री बिमला केसीले बजेटको दुरुपयोग रोकी बजेटको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । बजेटको दुरुपयोग हँुदा लक्ष प्राप्ती हुन नसकेको भन्दै उहाँले ज्ञान केन्द्रका लागि आएको बजेटको सहि प्रयोग गर्न र दुरुपयोग भएको पाईएमा कारवाहि गर्ने चेतावनी दिनुभयो । 

 

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभाकरको प्रमुख  आतिथ्यता रहेको थियो । 

 

त्यस्तै कार्यक्रममा राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकाश पुरी, कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, कर्णाली प्रदेश सरकारका बन तथा पर्यटन मन्त्री नन्दसिंह बुढा, प्रदेशसभा सदस्य गोपाल शर्मा अनल, रातो कामी लगाएतको उपस्थिति रहेको थियो । 

 

कार्यक्रमको संचालन कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक मीनवहादुर केसीले गर्नुभएको थियो ।