• अहिले तरंगमाशुभ सपनी
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

त्रिवेणिमा सामुदायिक सहकार्य कार्यक्रम सुरु

सानीभेरी समाचार डेस्क 

असोज, ११ ।

रुकुम(पश्चिम)को त्रिवेणि गाउँपालिकामा स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छताको लागि सामुदायिक सहकार्य कार्यक्रम सुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको आयोजनामा स्विज रेडक्रसको आर्थिक सहायतामा तिन बर्षको लागी कार्यक्रम सुरु भएको हो । 

 

कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटी सिईएचपी नेपालगञ्जले सहयोग गर्ने बताइएको छ । आज खारामा एक कार्यक्रमको बिच कार्यक्रमको सुरुवात गरिएको हो । कार्यक्रम गाउँपालिकामा रहेका सम्पुर्ण स्वास्थ्य संस्था तथा वडाहरुमा संचालन हुने छ । 

 

कार्यक्रमले समुदायमा स्वास्थ्यको प्राथामिकता, स्वास्थ्यका आधारमा स्वास्थ्य सेवा, बिशेष गरि महिला, बालबालिका र किशोर किशोरीको स्वास्थ्यको क्षेत्रमा काम गर्ने छ । 

 

साथै स्वास्थ्य संस्थामा रहेका भौतिक पुर्वधार, खानेपानीको अवस्था, गाउँमा रहेका आमा समुहको गठन लगाएतका काम पनि हुने छन् । यो कार्यक्रम अन्तरगत स्वास्थ्य चौकी व्यवस्थापन समितिको स्थरबृद्धिका काम समेत हुने छन् ।

 

त्यसका साथै पुर्ण सरसफाई युक्त गाउँपालिकाको लागि सरसफाईका कार्यक्रम बनाउँने, प्रत्यक वडालाई खानेपानीको पहुँचमा ल्याउने जस्ता कार्यक्रम रहेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम(पश्चिम)ले जानकारी दिएको छ । 

 

कार्यक्रम सन् २०२१ जुन सम्म चल्ने बताइएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सभापति शिवराम खत्रीको अध्यक्षतामा भएको कार्यक्रमका त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको प्रमुख आतिथ्यता रहेको थियो । 

 

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम(पश्चिम)का सदस्य टेकबहादुर ओली, उपाध्यक्ष निर्मला खड्का, नेकपाका प्रतिनिधि गणेशकुमार केसी लगायतको आतिथ्यता रहेको थियो । 

 

नेपाल रेडक्रस सोसाईटीका जिल्ला शाखा कोषाध्यक्ष रामबहादुर केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सहकार्य कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक सुमन ज्ञावलीले गर्नुभएको थियो ।