• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

वाईसिएल रुकुमको पहिलो पुर्ण बैठक

बैशाख १७, रुकुम 

वाईसिएल रुकुमको चौथो जिल्ला सम्मेलन पछिको प्रथम पुर्ण वैठक मुसिकोट खलंगामा सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष शैलेश कुमार शर्माको अध्यक्षतामा सम्पन्न भएको वैठकले २ वटा आयोगलाई पुर्णता दिएको छ । 


विष्णु ओली प्रमुख रहेको अनुशासन आयोगको सदस्यमा लालवहादुर विष्ट र प्रेम वुढा रहनुभएको छ भने हरि भण्डारी प्रमुख रहेको लेखा आयोगको सदस्यमा वालकृष्ण वुढाथोकी र किरण भण्डारी रहनुभएको छ । 


वैठकले अन्य ४ वटा विभागहरु पनि गठन गरेको छ । खेलकुद विभाग प्रमुखमा संगठनका उपाध्यक्ष मानवहादुर चदारा, संगठन विभाग प्रमुखमा सचिव लक्ष्मण ओली, उत्पादन विभाग प्रमुखमा कोषाध्यक्ष प्रेम प्रकाश पुन र जनसेवा विभाग प्रमुखमा प्रदेश सदस्य करण केसी रहनुभएको छ ।


वैठकले चौथो जिल्ला सम्मेलनको भाव सहित प्रत्येक नगरपालिका, गाविस र वडाहरुमा वाईसिएल कमिटीको वैठक जेष्ठ १५ गतेभित्र गरिसक्ने, संगठनको कामकाजलाई व्यवस्थित गर्न २ वटा निर्वाचन क्षेत्रमा इन्चार्ज समेत तोकेको छ । 


जसअन्तरगत १ नं. निर्वाचित क्षेत्रको इन्चार्जमा नविन ओली शिशिर र २ नं. निर्वाचन क्षेत्रको इन्चार्जमा गंगाराम पोख्रेल जीवनलाई तोकिएको छ । आठविसकोटको जाँदेमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै वैठकले जिल्ला उपाध्यक्ष मानवहादुर चदाराको नेतृत्वमा ५० जना युवाहरुलाई राहत संकलन तथा उद्धारमा परिचालन गर्न त्यसतर्फ पठाएको सचिव लक्ष्मण ओलीले जानकारी दिनुभयो । 


वैठकमा एकीकृत नेकपा माओवादी रुकुमका इन्चार्ज तेजवहादुर ओली प्रतिक, अध्यक्ष गोपाल शर्मा अनल, वाईसिएल केन्द्रीय सदस्य धिरन सिर्पाली विमर्श, मोहोन किशोर ओली संजय लगायतको आतिथ्यता रहेको थियो ।।