• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

स्वास्थ्य शिविरबाट ६ सय बिरामीले सेवा लिए

सानीभेरी समाचार डेस्क 

असोज, ११ ।

रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका १ सल्लेमा रहेको राप्ती समाज अस्पतालमा संचालित स्वास्थ्य शिबिरबाट साढे ६ सयले सेवा लिएका छन् । तीन दिनसम्म चलेको शिविरबाट ६ सय ४० जना बिरामीले स्वास्थ्य सेवा लिएका हुन् । 

 

शिविरबाट पाठेघरको समस्या भएका महिला, नाक, कान, घाटी, बालरोग, नसा तथा हड्डी र दाँतको समस्या भएका बिरामीहरुले सेवा लिएको अस्पतालका प्रवन्धक गणेश गौतमले जानकारी दिनुभयो । सबै भन्दा बढी पाठेघरको समस्या भएका महिलाहरुले सेवा लिएको उहाँको भनाई छ । 

 

नेपालगञ्ज मेडिकल कलेजको प्राबिधिक सहयोगमा राप्ती समाज स्वास्थ्य सहकारी संस्थाद्धारा संचालित राप्ती समाज अस्पतालले शिविरको आयोजना गरेको हो । शिबिरबाट ओपिडी सेवा, स्त्रीरोग, नाक, कान, घाँटी, बाल रोग, हाडजोर्नी तथा नसा र डेन्टल सम्बन्धि सेवा प्रदान गरिएको थियो । 

 

शिबिरमा स्त्रीरोग बिशेषज्ञ डा. सुप्रभा केसी, नाक कान रोग बिशेषज्ञ डा.सुभास महासेठ, बालरोग बिशेषज्ञ डा. दिपक पौडेल लगायत डाक्टर तथा स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको अस्पतालले जनाएको छ ।