• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

हरप्लेसको सामाजिक परीक्षण

image not found

सानीभेरी समाचार डेस्क

असोज, १० । 

 

मानव अधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र (हरप्लेस) नेपालको आर्थीक वर्ष २०७४÷०७५ को सामाजिक परीक्षण मुसिकोट खलंगमा सम्पन्न भएको छ । संस्थाले गत आर्थिक वर्षमा रुकुम लगाएत सल्यान, दाङ, रोल्पा, प्यूठान, बाँके र बर्दिया जिल्लामा सञ्चालन गरेका विभिन्न परियोजना र संस्थागत क्रियाकलापको सामाजिक परीक्षण गरिएको हो । 

 

कार्यक्रममा यस अवधिमा संस्थाले संक्रमणकालीन न्याय र शान्ति प्रवद्र्धनका लागि स्थानीय क्षमता विकास परियोजना र नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना सञ्चालन गरेको जानकारी गराईएको थियो । 

 

सामाजिक परीक्षणका लागि हरप्लेसद्वारा तोकिनुभएका सहजकर्ता गोकर्ण खड्काले संस्थाको कार्यक्षेत्रमा पुगेर, लक्षित वर्ग र सरोकारवालाहरुको सल्लाह सुझाव समेट्दै संस्थाले सामाजिक रुपमा पारेको प्रभाव, सकारात्मक पक्ष र सुधार गर्नुपर्ने पक्ष समेटेर तयार पारेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

 

त्यस्तै हरप्लेसका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले कार्यक्षेत्रका ७ वटै जिल्लामा सञ्चालित सबै परियोजनाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएका विवरण र संस्थाको बारेमा सहभागीले सल्लाह सुझाव सहित टिप्पणी गरेका थिए । 

 

जसमा हरप्लेसले मानवअधिकारको क्षेत्रमा थप क्रियाकलाप सञ्चालन गर्नुपर्ने, कानूनी सचेतना र नयाँ संरचनाको अवधारणाबारे कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका सुझाव रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं कर्णाली प्रदेश सभाका सांसद रातो कामीले मानवअधिकार क्षेत्रमा राज्यले संवेदनशील भएर विकल्प सहितका योजनाहरु ल्याउनुपर्ने बताउनुभयो । 

 

राज्यका संयन्त्रलाई बलियो बनाउन गैरसरकारी संस्थाहरुले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम(पश्चिम)का उपप्रमुख इन्दिरा बुढामगर, मुसिकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनार केसी, प्रमुख जिल्ला अधिकारी शुम्भुप्रसाद रेग्मी, गैरसरकारी संस्था महासंघ रुकुम पश्चिमका अध्यक्ष नारायणकुमार शाह, जिल्ला बार इकाई रुकुम पश्चिमका अध्यक्ष एक्कबहादुर पाण्डे लगायतले सल्लाह सुझाव सहित मन्तव्य राख्नुभएको थियो । 

 

कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार, लक्षित वर्ग लगायत ४१ जनाको उपस्थिति रहेको हरप्लेस नेपाल रुकुमका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले जानकारी दिनुभयो ।

 

हरप्लेस नेपालका उपाध्यक्ष सुनिता बुढामगरको अध्यक्षता र सहसचिव धनवीर दाहालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन हरप्लेसका जिल्ला अधिकृत महेश केसीले गर्नुभएको थियो ।