• अहिले तरंगमाआधुनिक गितहरु
  • केहि छिनमारेडियो प्रशारण सेवा समापन

ताजा अपडेट :

समाचार

दाहाल र खत्रीलाई आहा संचार पत्रकारीता पुरस्कार

image not found

सानीभेरी समाचार डेस्क

असोज, १० । 

 

रुकुम पश्चिमका दुइजना पत्रकार आहा संचार पत्रकारीता पुस्कारबाट सम्मानित भएका छन् । जिल्लाबाट प्रकासित आहा संचार साप्ताहिकले आहा सञ्चार सम्वाददाता कार्यशाला तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी पत्रकार धनबिर दाहाल र डिल्लीबहादुर खत्रीलाई सम्मान गरेको हो । 

 

आहा संचारले प्रत्येक वर्ष एक जना पत्रकारलाई आहा संचार पत्रकारीता पुरस्कारबाट सम्मान गर्ने गर्दछ । २०७३ को पत्रकारीता पुरुस्कारबाट धनबिर दाहाललाई सम्मान गरिएको हो भने २०७४ सालको पत्रकारिता पुरस्कारबाट डिल्लीबहादुर खत्रीलाई सम्मान गरिएको हो । 

 

खत्री र दाहाललाई जनहि ५÷५ हजार नगद सहित सम्मान गरिएको पत्रिकाका प्रकाशक, सम्पादक मेगराज खड्काले जानकारी दिनुभयो । साथै पत्रिकाले रुकुम(पश्चिम) र रुकुम(पुर्व)मा रहेका आफ्ना संवाददाताहरुको लागि एक दिने कार्यशाला गोष्ठि पनि सम्पन्न गरेको छ । 

 

स्थानीय स्तरमा संचारको पहुँचलाई बलियो बनाउने र स्थानीय तहमा पत्रकारितालाई मजबुद बनाउने उदेश्यले गोष्ठिको आयोजना गरिएको बताइएको छ । गोष्ठिमा सहभागी संवाददाताहरुलाई पत्रिकाका प्रकाशक, सम्पादक खड्काले समाचार लेखन र बजार विस्तारका लगाएतका बारेमा सहजिकरण गर्नु भएको थियो । 

 

बरिष्ठ अधिबक्ता डा. नबराज गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुकुमका संस्थापक अध्यक्ष नारायणकुमार शाह, संस्थापक सचिव हरिविष्णु ओली, पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष शुरेन्द्र खत्री, प्रेस सेन्टरका कर्णाली प्रदेश अध्यक्ष तथा रेडियो सानीभेरीका स्टेशन म्यानेजर धु्रबबिक्रम बुढाथोकी लगाएतको आतिथ्यता रहेको थियो ।

 

आहा सञ्चारका सम्वाददाता सर्जना कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्रकाशक, सम्पादक मेगराज खड्काले गर्नुभएको थियो ।