• अहिले तरंगमाआधुनिक गितहरु
  • केहि छिनमारेडियो प्रशारण सेवा समापन

ताजा अपडेट :

समाचार

सांसद अनलको जन भेटघाट

image not found

सानीभेरी समाचार डेस्क

असोज, १० । 

 

कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्मा अनलले रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ८ का जनता संघ भेटघाट गर्नुभएको छ । मतदाता संग नियमित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम अन्तरगत वडा नम्बर ८ को वडा कार्यालय माँझगाउँमा त्यहाँका जनतासंग भेटघाट गर्नुभएको हो । 

 

उहाँले आफ्नो निर्वाचन क्षेत्रका जनता संग नियमित रुपमा भेटघाट कार्यक्रम संचालन गरिरहनुभएको छ । जनताको माझमा पुग्ने र जनताका कुरा सुन्ने उद्ेश्यले उहाँ बेला बेलामा आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने गर्नुभएको छ । कार्यक्रममा सहभागीहरुले विभिन्न विकास निर्माणको माग गरेका थिए । 

 

त्यस्तै उनिहरुले चुनावका बेला गरिएका प्रतिबद्धताहरुको स्मरण समेत गराएका थिए । प्रतिबद्धता अनुसार धेरै कामहरु पुरा हुने प्रक्रियामा रहेको र बाटो घाटो, खानेपानी, बिजुली बत्तिको तत्काल व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

 

कार्यक्रममा बोल्दै रुकुम(पश्चिम)को दुई नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद शर्माले आफु सधै जनताको विचमा रहेको बताउँनुभएको थियो । आफुले निर्वाचित भएदेखि नै मतदाता संग भेटघाटको कार्यक्रम बनाएको र सोही अनुसार बेला बेलामा आफ्नो क्षेत्रका मतदाताको बिचमा पुगिरहेको उहाँको भनाई थियो । 

 

‘हिजो चुनावमा गरेका प्रतिबद्धता प्रति म सधै प्रतिबद्ध छु, उहाँले भन्नुभयो–तपाईहरु मतदाताकै अमुल्य मतका कारण म विजयी भएको हुँ, तपाईहरुले मेरा प्रतिबद्धता हेरेर नै मलाई विजयी बनाउँनुभएको हो, तपाईहरु ढुक्क हुनुहोस चुनावका बेला गरेका प्रतिबद्धता पुरा गरेरै छाड्छु ।’ 

 

जनताकै समस्या बुझ्ने र तिनलाई पुरा गर्ने उद्ेश्यले आफु जनताको विचमा पुगिरहेको उहाँको भनाई छ । कार्यक्रममा त्रिवेणि गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्ती, वडा नम्बर ८ का अध्यक्ष कर्णवहादुर खड्का, ९ का अध्यक्ष बिरवहादुर डाँगी, ६ का वडाध्यक्ष राजेन्द्र पुन लगाएत वडावासीको सहभागीता रहेको थियो ।