• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

महोत्सव स्थल पुग्ने सबै सडक मर्मत

image not found

सानीभेरी समाचार डेस्क

असोज, १० । 

 

असोज ११ देखि १५ गते सम्म हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव स्थल पुग्न सजिलो हुने भएको छ । गाउँपालिका भित्रका सबै सडकहरु मुल आयोजक समितिले मर्मत गरेसंगै बाँफिकोट गाउँपालिकाको स्यार्पूमा हुने महोत्सवमा सहभागि हुन सजिलो हुने भएको हो । 

 

बाँफिकोट गाउँपालिकाले यस अघि निर्माण भएको सबै सडक मर्मत तथा सफाई गरेको छ । महोत्सव मुल आयोजक समितिका सचिव चन्द्रबहादुर केसीले स्यार्पूतालसम्म जोडिएको सबै सडक मर्मत तथा सफाई गरि सकिएको जानकारी दिनुभयो । 

 

सचिव केसीका अनुसार बाँफिकोट गाउँपालिकाको १ नम्वर वडा लागिमदेखि ४ नम्वर वडाको छिन्खेत, छिन्खेतदेखि, नदुवा,घारीखोला, मग्मा देखी दुली, मग्मादेखि सोझै बाँफिकोटको सडक मर्मत तथा सफाई गरि सएिको छ । 

 

यसैगरी छिन्खेतदेखि स्यार्पूताल, छिन्खेतबाट गाराघाट तथा भेराखेतबाट ९ नम्वर वडा कार्याल्य सम्मको सडक मर्मत तथा सफाई गरिएको छ । यसैगरी मुसीकोट खलंगादेखि बाँफिकोट सम्मको सडक मर्मत तथा सफाई कार्य ९० प्रतिशत सकिएको जनाइएको छ । 

 

मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाले डोजर मार्फत उक्त सडक मर्मत तथा सफाइको काम गरिरहेका छन् । ‘जल, जंगल, जडिबुटी, कृषि, कला, सस्कृति हाम्रा उत्सव, बाँफिकोट समृद्धिका लागि दोस्रो स्यार्पू पर्यटन महोत्सव’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवको अन्य तयारी पनि तीब्र पारिएको छ । 

 

स्वागतद्धार देखि, मन्च व्यवस्थापनका काम लगभग सकिएको आयोजक समितिले जनाएको छ । यसैगरी होटेल तथा आवास, शौचालय व्यवस्थापनका काम पनि सकिन लागेका छन् । बाँफिकोट गाउँपलिकाले आयोजना गरेको महोत्सवमा खुला महिला तथा पुरुष भलिवल प्रतियोगितो हुदैछ । 

 

जसमा प्रथम हुने समुहले नगद ५० हजारको साथमा मेडल र प्रमाण  पत्र, दोस्रो हुने समुहले नगद ३५ हजारको साथमा मेडल र प्रमाण पत्र, तेस्रो हुने समूहले नगद २० हजारको साथमा मेडल र प्रमाण पत्र हात पार्ने छ । यसैगरी सान्त्वना हुने समूहलाई दश हजार नगद पुरस्कार दिइने छ भने  अनुशासित समूहलाई नगद ५ हजार र उत्कृष्ठ खेलाडीलाई नगद २ हजार पुरस्कार दिइने छ । 

 

महिला पुरुष दुवै भलिवलको पुरस्कारको राशि समान रहेको छ । महोत्सवमा पञ्चेबाजाको पनि प्रतिसप्रधा गराइने छ । पञ्चेबजामा प्रमथले १५, दोस्रोले १२  र तेस्रो हुनेले ८ हजार नगद पुरस्कार पाउनेछन् । यसैगरी सिङ्गारु नाचमा प्रथम आउनेलाई दश, दोस्रोलाई ७, तेस्रोलाई ५ र सान्त्वना हुनेलाई २ हजार रुपैयाँ नगद दिइने जनाइएको छ । 

 

महोत्सवमा झाँक्री नाच पनि देखाइने छ । त्यसमा सहभागि प्रत्येक व्यक्तिलाई एक हजार पाच सयका दरले पुरस्कार दिने निर्णय गाउँ कार्यपालिकाले गरेको छ । यसैविच महोत्सवलाई लक्षित गर्दै ३ नम्बर वडामा गठित ड्रिम युवा क्लवले २ कोेठे शौचालय निर्माण गरेको छ । क्लवका २० जना सदस्यहरुको २÷२ दिन श्रमदानबाट महिला र पुरुषका लागी पक्की शौचालय निर्माण गरिएको हो ।

 

त्यस्तै क्लवले स्यार्पुताल छेउमा महोत्सवका लागी स्वागत गेट समेत निर्माण गरेको छ ।