• अहिले तरंगमाशुभ सपनी
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

दसैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि सुरु

असोज ९ ।

दसैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि सुरु भएको छ । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घको हिजो बसेको बैठकले अग्रिम टिकट बुकिङ आजबाट खुला गर्ने निर्णय गरेको हो । 

 

यसअघि यही असोज ५ गतेबाट टिकट बुकिङ खुला गर्ने भनिए पनि इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यावसायीहरूले रोकेकाथिए । सरकारले १० प्रतिशत गाडी भाडा बढाएपछि महासङ्घले टिकट बुकिङ खुला गर्ने निर्णय गरेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

 

 सिटौलाका अनुसार काठमाडौँबाट बाहिरिने सबै नाकामा टिकट बुकिङ खुला गरिएको छ । नयाँबसपार्क, पुरानो बसपार्क, बल्खुलगायतका स्थानबाट टिकट बुकिङ खुला गरिएको छ । अनुगमनका लागि सरकार र व्यावसायीबीच समन्वय गर्दै चार वटा अनुगमन समिति गठन गरिएको छ ।