• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

काँग्रेसको विधान मस्यौदा बारे सातै प्रदेशमा छलफल चल्दै

असोज ९ ।

नेपाली काँग्रेसको विधान मस्यौदा समितिले बनाएको प्रतिवेदनमाथि सातै प्रदेशमा छलफल सुरु भएको छ । प्रतिवेदनको बारेमा शीर्ष नेतासँग यसअघि नै छलफल भइसकेको छ । 

 

काठमाडौँ, इलाम र सुर्खेतको विरेन्द्रनगरमा हिजो सुरु भएको छलफल आज सकिँदैछ । जनकपुर, पोखरा र भैरहवामा भने आज छलफल हुन लागेको नेपाली काँग्रेसले जनाएको छ । काँग्रेस केन्द्रीय समिति ८५ सदस्यीयबाट बढेर १ सय ३३ सदस्यीयसम्म पु¥याउनुपर्ने प्रस्ताव प्रतिवेदनमा छ । 

 

मंसिर पहिलो साता राजधानीमा हुने महासमिति बैठक लगत्तै पार्टीको नयाँ विधान लागू भए एक सभापति सहित तीन जना उपसभापति, दुईजना महामन्त्री, तीन जना सहमहामन्त्रीको व्यवस्था गर्नुपर्नेछ । अहिले सभापतिसहित एक उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री र एक कोषाध्यक्षको व्यवस्था छ । 

 

मस्यौदा विधानले केन्द्रीय पदाधिकारी सङ्ख्या १० बनाउन सिफारिश गरेको छ ।