• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नयाँ स्वरूपमा सञ्चालन हुने

असोज ९ ।

सरकारले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई नयाँ स्वरूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम गरी दुईवटा शीर्षकमा सञ्चालित कार्यक्रम अब एउटै शीर्षकमा सञ्चालन हुनेछ । 

 

कार्यक्रम सञ्चालनको कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि २०७५ अनुसार अब प्रति निर्वाचन क्षेत्रको बजेट चार करोड रुपैयाँ रहने छ । 

 

अघिल्लो पटक दुबै कोषको रकम जाने गरे पनि अपारदर्शी र अनियमितता भएको भन्दै आलोचना भएको थियो । स्थानीय तह कार्यान्वयनमा आइसकेकाले यसपाली कोषको आवश्यकता नरहेको भन्दै बजेट नछुट्याउन सरकारलाई दवाव थियो ।

 

सांसद्हरूको दवावमा परेपछि स्थानीय तहको समन्वयमा खर्च गर्न पाउने गरी सरकारले रकम छुट्याउन बाध्य भएको थियो ।