• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

मुलुकी अपराध संहिता संशोधन

असोज ८ ।

मुलुकी अपराध संहिता चिकित्सकको माग अनुसार संशोधन भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले चिकित्सकको कसुरको अनुसन्धान गर्ने समितिमा मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ रहने गरी संशोधन गरेको हो । 

 

विधेयकले समितिले अनुसनधान गर्दा कसुर गरेको प्रमाणित भेटिए मुद्दा चलाउन सरकारी वकिललाई लेखि पठाउने व्यवस्था गरेको छ । संशोधन अनुसार अब कसैको अंगभंग गर्ने नियतले उपचार गरे, एक अंगको चीरफार गर्नु पर्नेमा अर्को अंगको चिरफार गरे, अंग बेकम्मा बनाए वा कुनै सिफारिस गरिएको औषधिले मृत्यु भए त्यस्तो बिषय अनुसन्धान समितिले अनुसन्धान गर्ने छ । 

 

त्यस्तै लापरबाही वा हेलचक्र्याइँ गरी पर्याप्त होसियारी नपु¥याई उपचार गरे, औषधी दिए वा चिरफार गरे त्यसको अनुसन्धान पनि समितिले गर्ने छ । संहितामा यस्तो कार्य गर्दा हुने सजाय भने कायमै राखिएको छ ।