• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

छाउपडी अन्त्यका सन्देश पाठ्यक्रमहरुमा नै समावेश गर्ने तयारी

असोज ८ ।

पाठ्यक्रम विकास केन्द्रले छाउपडी प्रथा अन्त्यका लागि विद्यालयका पाठ्यक्रममा नै विषय समावेस गर्ने भएको छ । पाठ्यपुस्तकमा महिनावारीको विषयमा सकारात्मक सन्देश राख्न पहलगर्ने तयारी गरेको छ । 

 

केन्द्रले यसै शैक्षिक शत्रमा प्राथमिक र माध्यामिक तहकोे कक्षा ९ र १० मा छाउपडी प्रथा लगायतका कुरीति विरुद्धका सामान्य जानकारी दिएपनि सरोकारवालासँग थप छलफल गरी विशेष सामाग्री थप्ने पहल गरिने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले बताउनु भयो । 

 

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पनि पाठ्यक्रममा छाउपडी प्रथा विरुद्धका सामाग्री राख्नुपर्नेमा जोड दिएको छ । पाठ्यक्रममा छाउपडीको विषय समेट्दा सैद्धान्तिक र प्रयोगात्मक दुवै समेट्नु पर्ने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको भनाई छ । 

 

अन्य प्रदेशका लागि महिनावारीको विषयमा सामान्य जानकारी दिने र कर्णाली प्रदेश र ७ नम्बर प्रदेशमा छाउपडी अन्त्यको लागि विशेष पाठ्यक्रम बनाउनुपर्ने पाठ्क्रम विज्ञहरुले जोड दिएका छन् ।