• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुमकोट उद्योग बानिज्य संघको अध्यक्षमा यज्ञप्रकास मल्ल

image not found

सर्जना कार्की रुकुम(पूर्व), असोज ८ ।  

रुकुमकोट उद्योग बाणिज्य संघ रुकुम पूर्वको अध्यक्षमा यज्ञप्रकास मल्ल चयन हुनुभएको छ । मल्लको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै रुकुमकोट उद्योग बाणिज्य संघको पहिलो साधारणसभा आइतबार सम्पन्न भएको हो ।

 

समितिको बरिष्ठ उपाध्यक्षमा प्रकास केसी, थप्पनराज वुढा, बयन वुढा, केशव थापा, महासचिवमा भरत बुढामगर, सचिवमा केबेन्द्र गौतम, सह सचिवमा इश्वरीराज बिक र कोषाध्यक्षमा नन्दबिर सुनार रहनुभएको छ ।

 

यसैबिच नव निर्बाचित समितिले प्रत्यक महिनाको १५ गते कार्यसमितिको बैठक बस्ने निर्णय गरेको छ । त्यस्तै साधारणसभाको खर्च, बजार व्यवस्थापन तथा विद्यान संसोधन सम्बन्धमा छलफल समेत गरिएको छ ।