• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

चार प्राविधिक बिषयमा नगरपालिकाको सहयोग

image not found

डिल्लीवहादुर खत्री 

रुकुम(पश्चिम), असोज ७ ।

 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले चारवटा प्राविधिक बिषयमा चारजना विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिका भित्र मंसिर देखि पढाइ हुने भनिएको प्राविधिक शिक्षा स्टाप नर्स, ल्याव असिस्टेन्ट, हेल्थ असिस्टेन्ट र फार्मेसी बिषयमा पढ्न चाहाने बिद्यार्थीलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको हो । 

 

गरिब, जेहन्दार बिद्यार्थी मध्ये १ बर्षमा ४ जनालाई आर्थिक सहयोग गर्ने नगरपालिकाले बताएको छ । नगर प्रमुख बिशाल शर्माका अनुसार १ जना बिद्यार्थीलाई ३ लाखदेखि ४ लाखसम्म आर्थिक सहयोग गरिने छ । 

 

उहाँले भन्नुभयो ‘हामीले नगरपालिका भित्र कुनकुन बिषयको जनशक्ति आवश्यकता छ त्यहीँ अनुसार आर्थिक सहयोग गर्ने भनेका छौँ’ । नगरपालिकाले सुचना प्रकाशन गरेपछि आएका निवेदनको आधारमा प्रतिस्पर्धा बनाई गरिब तथा जेहेन्दार बिद्यार्थीलाई आर्थिक सहयोग गरिने छ ।

 

लक्षित बर्गको केही बजेट र राजश्वको बजेटबाट उनीहरुलाई सहयोग गर्ने तथा त्यहीँ अनुसार निति तथा कार्यक्रम पनि बनाएको छ ।