• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

निर्मला पन्तको हत्यारालाई कार्बाहिको माग गर्दै मुसीकोटमा बिरोध प्रदर्शन

image not found

सानीभेरी समाचार डेस्क 

असोज, ७ । 

 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै नेपाल महिला संघ रुकुम पश्चिमले ज्ञापन पत्र बुझाउँनुका साथै विरोध प्रदर्शन गरेको छ । 

 

आज सदरमुकाम मुसीकोटमा विरोध प्रदर्शन गर्दै महिला संघले हत्यारालाई कारवाहिको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो । 

 

महिला संघले हत्याको विरोध तथा हत्यारालाई कारवाहिको माग गर्दै विभिन्न नारावासी गरी विरोध प्रदर्शन गरेको थियो । प्रदर्शन पछि जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाईएको छ । 

 

सरकारले निर्मला पन्तका हत्यारालाई संरक्षण दिएको महिला संघले आरोप लगाएको छ । असली अपराधिलाई लुकाई मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई देखाएर सरकारले जनताको आँखामा छारो हाल्न खोजेको उसको आरोप छ । 

 

त्यस्तै महिला संघले १० महिने बालिका देखि ७० वर्षे बृद्ध सम्म बलात्कृत हुँदा पनि राज्यले जिउ ज्यानको सुरक्षाको प्रत्याभुति दिन नसकेको भन्दै आपत्ति जनाएको छ । 

 

नेपाल महिला संघकी जिल्ला अध्यक्ष मनिषा भण्डारी, उपाध्यक्ष हिरा केसी, सचिव बालकुमारी गिरी लगाएतको टोलीले प्रमुख जिल्ला अधिकारी सम्भुप्रसाद रेग्मी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

 

यसैबिच रुकुम(पुर्व)मा पनि निर्मला पन्तको हत्याराको कारवाहिको माग गर्दै जिल्ला प्रशासन कार्यलय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको छ । रुकुमकोट महिला बहुउदेश्य सहकारी संस्था, अन्तरपाटी महिला संजाल रुकुम(पुर्ब) र नेपाल महिला संघ रुकुम(पुर्व)ले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन ।

 

आज सहकारी संस्थाकी अध्यक्ष शुसिला शर्मा, अन्तरपाटी महिला संजालकी उपाध्यक्ष दिलकुमारी मल्ल र महिला संघकी अध्यक्ष सरिता बिसीले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।