• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

पिपलटुङमा भलिबल सहित विभिध प्रतियोगीता सम्पन्न

image not found

हिक्मत पर्तेल 

रुकुम(पूर्व), असोज ४ ।

 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका १३ पिपलटुङमा खुल्ला भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हरितालिका तिजको अबसरमा पिपलटुङ महिला पुरुष भलिबल प्रतियोगीता तथा विभिध साँस्कृतिक कार्यक्रम आयोजक समितिले संचालन गरेको प्रतियोगीताको शनिबार समापन गरिएको हो ।

 

भाद्र २८ गते देखि सुरु भएको पुरुष भलिबलमा कोपिला मिलन युवा क्लवले प्रथम स्थान हाँसिल गर्दै  ५० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साँस्कृतिक युवा क्लब दोस्रो हुँदै ३० हजार सहित मेडल र प्रमाणपत्र हात पार्दा पिपलतुङ बजार ब्यवसायी संघले तेस्रो स्थान हासिल गर्दै २० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

 

त्यस्तै महिला भलिबल तर्फ जनसेवक युवा क्लब बाछिगाँउ प्रथम हुँदै ३० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने कोपिला मिलन युवा क्लब दोस्रो हुँदै २० हजार सहित मेडल प्रमाणपत्र हात पारेको छ । नर्सिंङ हिमालय युवा क्लब तकले भने १० हजार सहित मेडल र प्रमाणपत्र पाएको छ ।

 

यसैबिच लोकदोहोरी, लोक नृत्य, रस्साकस्सि, घैटाफोर जस्ता प्रतियोगितामा बिजय हुनेलाई पनि पुरुस्कार बितरण गरिएको छ । पिपलतुङ आयोजक समितिका अध्यक्ष सुमन कँवरको अध्यक्षता रहेको कार्यक्रममा १३ नम्बर वडाका वडा अध्यक्ष दिनेश गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।।