• अहिले तरंगमाशुभ सपनी
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

सिम्लीमा प्रशासनिक कार्य सम्पादन सम्बन्धी अभिमुखिकरण

नारायण ओली सानीभेरी गाउँपालिका असोज ७ ।

रुकुम(पश्चिम)को सानीभेरी गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीका लागि प्रशासनिक कार्य सम्पादन सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । 

 

स्थानिय तहबाट दिइने सेवाप्रवाहका कार्यलाई व्यवस्थित तथा छिटो छरितो गर्न र सेवा प्रवाहमा देखिएका अप्ठ्यारो परिस्थिति लाई सहजिकरण गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । 

 

कार्यक्रममा स्थानिय तह र वडाबाट दिइने सिफारिस, विभिन्न किसिमका पञ्जिकरण जस्तै विवाह दर्ता, नाता प्रमाणित, जन्म दर्ता, मृत्यू दर्ता, बसाईसराई तथा अन्य कार्यहरुमा आएका अप्ठ्यारो परिस्थीतिलाई कसरी हल गर्ने र शान्ति सुरक्षा लगाएतको कुरालाई कसरी सहजिकरण गर्ने भन्ने सम्बन्धी छलफल गरिएको थियो ।

 

गाउँपालिका स्तर र वडाबाट दिइने सेवा प्रबाहमा देखिएका जटिलताका बारेमा वडा सचिव तथा जनप्रतिनिधीहरुले राखेको जिज्ञासा सहितका प्रश्नहरुमा जिल्लाबाट पुगेको टोलिले आ आफ्ना विषयमा उठेका प्रश्नहरुको जवाफ तथा समाधानका उपाय दिएका थिए ।

 

सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सुमित खड्का, ससस्त्र प्रहरी बल नायव उपरिक्षक पुर्ण बहादुर कुवर, जिल्ला समन्वय समिति सदस्य धनविर ओली, कोष तथा लेखा नियन्त्रक इसोरी प्रशाद ढकाल, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु गाउँपालिकाका ११ वटै वडाका वडा सचिव तथा कर्मचारी, गाउँकार्यपालिका सदस्य लगाएतको आतिथ्यता रहेको थियो ।

 

कार्यक्रमको संचालन गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा अधिकृत भुपाल सिंह विष्टले गर्नुभएको थियो ।