• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

आजदेखि यातायातमा नयाँ भाडा

असोज ७ ।

यातायात ब्यवसायीले आजदेखि लागु हुनेगरि गाडीभाडा बढाएका छन् । आजदेखि सबै ठाउँमा चल्ने सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढेको छ । 

 

सरकार र यातायात व्यवसायीबीच हिजो भएको वार्तामा सरकारले भाडा बढाउने सहमति दिएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले आजदेखि लागुहुने गरी भाडा बढाएको जानकारी दिनुभयो । उहाँले आजदेखि भाडा बढाउने र दुई महिनाभित्र अध्ययन गरेर वैज्ञानिक भाडादर निर्धारण गर्न समिति बनाइएको बताउनुभयो ।

 

यातायात व्यवसायीले बढेको पेट्रोलियम पदार्थको मूल्य नघटाए सम्म दशैंको अग्रीम टिकट बुकिङ नखोल्ने अडान लिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा बढाउने सहमति जनाएको हो । तत्कालका लागि इन्धनमा भएको मूल्य वृद्धि अनुसार १० प्रतिशत भाडा बढाउने सहमति भएको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।