• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

बाँफिकोटमा करेन्ट लागेर एक घाइते

image not found

सानीभेरी समाचार डेस्क असोज ६ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ मा करेन्ट लागेर आज एक व्यक्ती गम्भीर घाइते भएका छन । विद्युत बनाउन पोलमा चढेकोबेला करेन्ट लाग्दा बाँफिकोट गाउँपालिका ४ का २७ बर्षिय रोलबहादुर मल्ल घाइते हुनुभएको हो ।

 

भाग्ले पावर हावसका कर्मचारी समेत रहेका मल्ललाई बिहान साढे आठ वजेतिर करेन्ट लागेको थियो । हात र खुट्टामा गहिरो चोट लागेर गम्भीर घाईते मल्ललाई उपचारको लागि नेपालगञ्ज रिफर गरिएको बताईएको छ ।