• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

नेकपाले तोक्यो प्रदेश इन्चार्ज र अध्यक्ष सूचीसहित

 असोज ५, 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले सबै प्रदेश संगठन कमिटीको जिम्मेवारी बाडफाँड गरेको छ  ।

 

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को शुक्रबार बसेको सचिवालय बैठकले सात वटै प्रदेश संगठन कमिटीका प्रदेश इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको हो । 

 

प्रदेश १  

प्रदेश संगठन कमिटी इन्चार्ज – भीमप्रसाद आचार्य

सह–इन्चार्ज – सावित्री काफ्ले 

अध्यक्ष – देवराज घिमिरे  

सचिव – सुरेशकुमार राई

 

प्रदेश २  

प्रदेश संगठन कमिटी इन्चार्ज – सत्यनारायण मण्डल 

सह–इन्चार्ज – विश्वनाथ साह 

अध्यक्ष – प्रभु साह 

सचिव – सुमनराज प्याकुर्‍याल 

 

प्रदेश ३ 

प्रदेश संगठन कमिटी इन्जार्च अष्टलक्ष्मी शाक्यलाई

सह–इन्चार्ज – नारायण दाहाल 

अध्यक्ष – हितमान तामाङ 

सचिव – आनन्दप्रसाद पोखरेल   

प्रदेश तीनले महिला इन्चार्ज पाएको छ । 

 

गण्डकी प्रदेश 

इन्चार्ज – पृथ्वीसुब्बा गुरुङ 

सह–इन्चार्ज – खगराज अधिकारी 

अध्यक्ष – हितराज पाण्डे 

सचिव – गोविन्द नेपाली

 

प्रदेश ५ 

इन्चार्ज – शंकर पोखरेल

सह–इन्चार्ज –दलबहादुर राना 

अध्यक्ष – ओनसरी घर्ती  

सचिव – जगप्रसाद शर्मा 

 

कर्णाली प्रदेश 

इन्चार्ज –जनार्दन शर्मा

सह–इन्चार्ज यमलाल कँडेल 

अध्यक्ष – गोरख बोगटी 

सचिव – मायाप्रसाद शर्मा 

 

प्रदेश ७ 

प्रदेश संगठन कमिटी इन्चार्ज – भीम रावल 

सह–इन्चार्ज – लक्ष्मीदत्त जोशी

अध्यक्ष – कर्णबहादुर थापा

सचिव – सिंहराज चौंधरी

 

करिब ४ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सबै प्रदेश संगठन कमिटीको नेतृत्वको जिम्मेवारी टुंगो लगाएको हो । व्यापक छलफलपछि सर्वसम्मतिले सबै प्रदेश कमिटीको नेतृत्वको जिम्मेवारी बाँडफाँड गरिएको पार्टी सचिवालयका सदस्य इश्वर पोखरेलले जानकारी दिनुभयो ।

 

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शनिबार  भोलिबाट हुने आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराउनु भएको थियो भने अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत र चीन भ्रमणबारे ब्रिफिङ गर्नु भएको थियो