• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

संविधान दिवसको अबसरमा फलफूलका बिरुवा बितरण

सर्जना कार्की रुकुम पूर्व ।

संविधान दिवसको अवसरमा रुकुम(पुर्व)को सिस्ने गाँउपालिका र पुथाउत्तरगंगा गाउँपालिकाले संयुक्त रुपमा फलफुलका बिरुवाहरु वितरण गरेका छन् । दुबै गाउँपालिकाका सरकारी कार्यालय, बिद्यालय र स्थानीय कृषकहरुलाई विभिन्न प्रजातीका दुइसय बिरुवा बितरण गरिएको हो । 

 

केरा, कलमी गरेर उत्पादन गरेका आरु, नास्पती, पलम, कफी, सुगन्ध कोकिला लगायतका बिरुवा वितरण गरिएको बताईएको छ । जिल्ला समन्वय समिति रुकुम(पुर्व)का प्रमुख गजेन्द्र बहादुर ओली, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला समन्वय अधिकारी आनन्द केशरी पोखरेल लगायतको उपस्तिथिमा बिरुवा वितरण गरिएको हो ।