• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

चौरजहारी विमानस्थल १६ महिना देखि बन्द

image not found

सानीभेरी समाचार डेस्क असोज ५ ।

रुकुम पश्चिमको चौरजहारी विमान स्थल विगत १६ महिना देखि बन्द छ । बिमान नभएको भन्दै नेपाल वायु सेवा निगमले २०७४ को जेठबाट चौरजहारी विमानस्थलमा बिमान पठाएको छैन् । उडान रोकिएपछि यतिबेला चौरजहारी बिमानस्थल काम बिहिन भएको छ । 

 

अव कहिलेबाट बिमानस्थल सुचारु हुन्छ भन्नेमा केहि थाहा नभएको चौरजहारी विमानस्थल स्टेशन इन्चार्ज सुरेन्द्र नेपालीले बताउनुभयो । कहिले काहि मान्छेहरु उडान कहिलेबाट हुन्छ भनेर सोध्न आउँने गरेको र उनिहरुलाई थाहा छैन् भन्नु बाहेक अरु जवाफ आफुहरुसंग नभएको उहाँले बताउनुभयो । 

 

विमान अभाव भएपछि उडान बन्द भएको खवर आएको उहाँको भनाई छ । उडान सुचारुका लागि बारम्बार पहल भैरहेको समेत उहाँले बताउनुभयो । २०७४ को जेठबाट उडान बन्द भएपछि उडान सुचारु गर्न निरन्तर पहल गरिरहेको उहाँको भनाई छ । 

 

त्यस्तै चौरजहारी नगरपालिकाले विमान स्थल सुचारु गर्न ३ पटक सम्म पत्र लेखेको छ । बिमानस्थल सूचारु गरी सेवा दिनका लागि तीन पटक सम्म पत्र लेखेको तर कुनै प्रतिक्रिया नआएको नगर प्रमुख विशाल शर्माले बताउनुभयो ।

 

‘नगरपालिकाले तीन पटक पत्र लेखिसक्यो, पछिल्लो पटक दुई महिना अगाडि पत्र लेखेका थियौं, उहाँले भन्नुभयो तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन् ।’ कच्चि धावन मार्गमै ४४ वर्ष उडान भएको उक्त बिमान स्थलको २०७३ सालमा स्तररोन्नति गर्दै धावनमार्ग कालोपत्रे गरिएको थियो । 

 

तर स्तरोन्नति गरिएको केहि समयपछि देखि नै विमानस्थल बन्द भएको हो । बिमानस्थल बन्द भएपछि रुकुम पश्चिम, जाजरकोट र सल्यानका सर्वसाधारणहरु मारमा परेका छन् । विशेष गरी बिरामीहरु बढि मारमा परिरहेका छन् ।