• अहिले तरंगमाशुभ सपनी
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

चौरजहारी नगरपालिकाले नगर वस संचालन गर्ने

image not found

सानीभेरी समाचार डेस्क असोज ५ ।

रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाले नगर वस संचालन गर्ने भएको छ । नगरवासीलाई सहज यातायात सेवा प्रवाह गर्ने उद्ेश्यले नगरपालिकाले नगर वस संचालन गर्न लागेको हो । 

 

चौरजहारी नगरप्रमुख विशाल शर्माले नगरपालिकाको सभाहलमा भएको नगर गतिविधि विषयक अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले नगर वस संचालन गर्न लागेको बारेमा जानकारी दिनुभयो । उहाँका अनुसार चौरजहारी देखि नुवाकोट सम्म नगर वस संचालन हुने छ । 

 

नुवाकोट तथा खोलागाउँ क्षेत्रका नागरिकहरुलाई लक्षित गरेर नगर वस सेवा संचालन गर्न लागिएको उहाँको भनाई छ । वर्षायाम सकिएको र अव लगत्तै चौरजहारी नुवाकोट जोड्ने सडक मर्मत गरी नगर वस सेवा संचालनमा ल्याईने शर्माले जानकारी दिनुभयो । 

 

त्यस्तै नगरपालिकामा आगामी मंसिरदेखि सुरु हुन लागेको प्राविधिक शिक्षा अध्ययनको लागी गरिव जेहेन्दार, दलित, महिला मध्यवाट स्टाफ नर्स, ल्याव असिस्टेन्ट, हेल्थ असिस्टेन्ट र फार्मेसीमा नगरपालिकाले सहयोग गर्ने पनि उहाँले बताउँनुभएको छ । 

 

वडा नम्वर ३ को उमाचौरमा उद्यम वगैचा निर्माणका लागी १४ लाख रुकम छुटयाईएको, रुकुम, सल्यान, जाजरकोट र डोल्पा जिल्लालाई आधार वनाएर शशस्त्र प्रहरी वलको तालिम केन्द्र स्थापनाको पहल अन्तिम चरणमा पुगेको समेत नगर प्रमुख शर्माले वताउनुभयो ।