• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सिजनल तरकारीबाटै लाखौंको आम्दानी

image not found

दुर्गा बिसी सल्यान असोज ४ ।

सल्यानको बन्गाड कुपिण्डे नगरपालीका १ आमखोलीका किसानले तरकारीबाटै मनग्य आम्दानी गर्न सफल भएका छन् । सिजनमा मात्रै १ लाख देखि डेढ लाख सम्म आम्दानी गर्ने गरेको किसानहरुले बताएका छन् ।

 

टमाटर, वन्दागोपि, काउली, काँक्रा, सिमी, आलु लगाएतको ताजा तरकारीबाटै किसानलाई राम्रो फाईदा हुने गरेको छ । वर्षे सिजन सकिए लगतै हिउदे तरकारीको लागि किसानहरु मिनीटेलर बाट घण्टाको ६ सय रुपैयाँ तीरेर  खेतबारी जोत्न थालेका छन् । 

 

तरकारी खेतीको लागि गोरुले जोतेको भन्दा मिनीटेलरले जोतेको बाट तरकारी राम्रो फल्ने गरेको किसानहरुको भनाइ छ । मिनीटेलरबाट दैैनिक ३ हजार देखि ४ हजार सम्मको कमाई हुने गरेको मिनिटेलर सञ्चालक निम वहादुर वुढाले बताउनुभयो ।

 

तरकारी खेतीको लागि ५ वर्ष अघि विष्णु आमखोली ताजा तरकारी समुह गठन गरि तरकारी सुरुवात गरेका किसाहरु तरकारीबाट मनग्य आम्दानी हुन थाले पछि निक्कै उत्साहित वनेका छन् ।

 

उच्च मुल्य कृषी वस्तु विकास आयोजनाको १३ लाख अनुदान सहयोग र किसानको ९ लाख गरी २२ लाख लगानीमा २४ वटा ट्रर्नेल निर्माण गरिएको छ । तरकारीबाटै एक सिजनमा कुनैले  ५० हजार देखि  १ लाख बराबरको आम्दानी गर्ने गरेको अगुवा किसान टोपवहादुर वुढा क्षेत्रीले जानकारी दिनुभयो ।