• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

महोत्सव सफल बनाउने युवाहरुको प्रतिबद्धता

सानीभेरी समाचार डेस्क असोज ४ ।

असोज ११ देखि १५ गते सम्म हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव सफल बनाउन सक्दो सहयोग गर्ने युवाहरुले प्रतिबद्धता गरेका छन् । बाँफिकोट गाउँपालिका ३ र ५ नम्वर वडाका युवाहरुले महोत्सव सफल बनाउन सबै खालका सहयोग गर्ने बचन बद्धता गरेका हुन् । 

 

३ र ५ नम्वर वडाको छुट्टाछुट्टै भेलामा युवाहरुले सहयोग गर्ने बताएका हुन् । ३ नम्वर वडाको स्यार्पूताल माविमा भएको युवाहरुको भेलाले महोत्सव आउने दर्शक, खेलाडीको व्यवस्थापनमा सहयोग गर्ने, खेललाई अनुशासित र मर्यादित बनाउन सघाउने र भलिव खेलको लागि भलिवल कोर्टको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मेवारी समेत लिएका छन् । 

 

महोत्सव मुल आयोजक समितिका सचिव तथा ३ नम्वर वडा अध्यक्ष चन्द्रहादुर केसीको उपस्थितिमा भएको भेलामा सहभागि युवाहरुले बाँफिकोट गाउँपालिकाको समृद्धिका लागि आयोजित महोत्सव सफल बनाउन कुनै पनि भूमिका निर्वाह गर्न पछि नपर्ने बताएका छन् । ५ नम्वर वडा कार्यालयमा भएको भेलामा सहभागि युवाहरुले पनि महोत्सव सफल बनाउन सहयोग गर्ने बताएका छन् । 

 

आनै वडामा हुने महोत्सवलाई सफल बनाउने सन्दर्भमा महोत्सव मुल आयोजक समितिले दिने कुनै पनि जिम्मेवारी पूरा गर्ने युवाहरुले बताएका छन् । ५ नम्वर वडा अध्यक्ष कस्तुप्रकाश दाहालको उपस्थितिमा युवाहरुको भेला भएको थियो । 

 

महोत्सव मुल आयोजक समितिले भोली ४ गते स्यार्पूताल आसपासका स्थानीयसँग छलफल गर्दैछ । महोत्सव सफल बनाउन के गर्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा राय सुझाव संकलनका लागि छलफल अन्तरक्रिया आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका सचिव केसीले बताउनुभयो । 

 

‘जल,जंगल, जडिबुटी, कृषि, कला, सस्कृति हाम्रा उत्सव, बा“फिकोट समृद्धिका लागि दोस्रो स्यार्पू पर्यटन महोत्सव’ भन्ने नारा सहित महोत्सव आयोजना गरिएको छ ।