• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

राङशीको सेपेधुरीमा टावरमा खराबी

रुकुम

रुकुम राङ्शीको सेपेधुरीमा रहेको नेपाल टेलिकमको स्काई टावरमा खरावी आउँदा त्यस क्षेत्रका नागरिक फोन सेवाबाट बञ्चित भएका छन् । करिब २ महिना देखि फोन सेवा अवरुद्ध हुँदा राङ्सी सहित रन्मामैकोट, हुकाम, जाङ लगाएत गाविसका नागरिक मारमा परेका छन् ।
 
मोवाइलमा टावर देखिने गरेपनि फोनगर्दा काम नगर्ने समस्या रहेको स्थानिय सुविन मगरले जानकारी दिनुभयो । मर्मतका लागी सम्बन्धित पक्षसंग पटक पटक अनरोध गर्दापनि आजसम्म कसैले चासो नदिएको स्थानियको गुनासो छ ।।