• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

अख्तियारको प्रमुख आयुक्तमा सिफारिस घिमिरेको संसदीय सुनुवाइ आज

असोज ४ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाइ आज हुने भएको छ । 

 

संसदीय सुनुवाइ विशेष समितिको दिउँसो १ बजे बस्ने बैठकले घिमिरेको सुनुवाइ गर्ने भएको हो । संवैधानिक परिषद्ले गत २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो ।

 

संसदीय सुनुवाइ विशेष समितिले नाम अनुमोदन गरे अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । २०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।