• अहिले तरंगमारेडियो प्रशारण सेवा समापन
  • केहि छिनमाशुभ सपनी

ताजा अपडेट :

समाचार

उत्तर कोरियासँगको वार्तालाई निरन्तरता दिन अमेरिका तयार

असोज ४ । 

उत्तर कोरियासँगको वार्तालाई पुनः निरन्तरता दिन अमेरिका तयार देखिएको छ ।

 

अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले आफ्नो देश उत्तर कोरियासँगको वार्ता फेरि सुरु गर्नका लागि तयार रहेको बताएका हुन् । उनले उत्तर कोरियालाई सन् २०२१ सम्ममा परमाणु हतियारमुक्त बनाउने गरी परमाणु निशस्त्रीकरणसहितका विषयमा छलफल गर्न आफूहरु तयार रहेको बताए ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच गएको जुनमा सिंगापुरमा ऐतिहासिक वार्ता भएको थियो । त्यसपछि दुई देशबीच उच्चस्तरमा छलफल हुँदै आएका थिए ।

 

गत जुलाईमा उत्तर कोरियाले परमाणु परीक्षणको तयारी र बिस्तार नरोकेको खबर आएपछि दुई देशको वार्तामा अवरोध आएको थियो । तर दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इन र उत्तर कोरियाका नेता किमबीच बुधबार भएको बिस्तृत सम्झौतापछि वार्ताले निरन्तरता पाउने देखिएको हो ।