• अहिले तरंगमाआधुनिक गितहरु
  • केहि छिनमारेडियो प्रशारण सेवा समापन

ताजा अपडेट :

समाचार

उपभोक्ता समिति विस्थापित गरी श्रम सहकारीको अभ्यास सुरु

image not found

सानीभेरी समाचार डेस्क

असोज, ४ । 

 

रुकुम पश्चिममा श्रम सहकारीको अभ्यास सुरु भएको छ । उपभोक्ता समिति मार्फत हुने विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै उपभोक्ता समितिलाई विस्थापित गर्दै श्रम सहकारी मार्फत विकास निर्माणका काम गर्ने उद्ेश्य अनुसार जिल्लामा श्रम सहकारीको अभ्यास सुरु भएको हो । 

 

जिल्लामा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तह रहेकामा श्रम सहकारी गठनको प्रक्रिया सुरु भएको छ । चौरजहारी नगरपालिकाले श्रम सहकारी गठनको प्रक्रिया सुरु गरेको हो । १४ वडा मध्ये अधिकांश वडामा सहकारी गठन भैसकेको नगर प्रमुख विशाल शर्माले बताउनुभयो । 

 

‘हाम्रा १४ वडा मध्ये अधिकांश वडामा श्रम सहकारी गठन भैसकेका छन्, उहाँले भन्नुभयो–बाँकी रहेका केहि वडामा पनि छिट्टै गठन हुने छन् ।’ कम्तिमा पनि १५ जनासम्म सदस्य रहेका सहकारी गठन गर्नका लागि वडालाई निर्देशन दिईएको उहाँको भनाई छ । उहाँका अनुसार सहकारीमा बढीमा जतिपनि सदस्य रहन सक्छन् । 

 

एक वडा एक श्रम सहकारी रहने छन् । गठित सहकारीले छिट्टै काम समेत सुरु गर्ने नगर प्रमुख शर्माको भनाई छ । ‘आर्थिक वर्ष २०७५÷०७६ का लागि पास भएका योजनाको सम्झौता प्रक्रिया सुरु हुने वित्तिकै सहकारीले नगरपालिका संग सम्झौता गर्छन, अनि धमाधम काम सुरु गर्छन उहाँले भन्नुभयो ।’ 

 

पास भएका योजनालाई ३ खण्डमा विभाजन गरेर कार्यान्वयनको प्रक्रियामा लैजाने तयारी भैरहेको बताईएको छ । पहिलो खण्डमा मंसिर मसान्त, दोस्रो खण्डमा चैत्र मसान्त र तस्रो खण्डमा असार मसान्तमा सम्पन्न हुने गरी योजना बाँढफाँढ गरिएको र सोही अनुसार प्रत्येक वडामा गठित श्रम सहकारी संग सम्झौता हुने शर्माले जानकारी दिनुभयो । 

 

श्रम सहकारी मार्फत हुने विकास निर्माणका काम प्रभावकारी हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । ‘श्रम सहकारी हिजो गठित उपभोक्ता समिति जस्ता होईनन्, यिनि धेरै बैधानिक र प्रभावकारी विकास प्रति जवाफदेहि हुन्छन्, उहाँले भन्नुभयो–श्रम सहकारीमा सिमित व्यक्तिको हालिमुहाली हुँदैन, यसमा वडामा भएका र वस्न चाहने जति मानिसहरु सदस्य हुन सक्छन्, वर्षमा अनिवार्य साभारण सभा हुन्छ, यी धेरै मानेमा बैधानिक हुन्छन् ।’ 

 

कुन वडामा कुन सहकारीले काम गरिरहेको छ भनेर नगरपालिकालाई सजिलै थाहा हुने भएकाले कहाँ कुन सहकारीले के काम गरिरहेको भनेर नियमन गर्न पनि सजिलो हुने उहाँले बताउनुभयो ।।