• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

संविधान दिवसको अवसरमा प्रभातफेरी

image not found

सानीभेरी समाचार डेस्क असोज ३ ।

संविधान दिवसको अवसरमा रुकुम(पश्चिम)मा प्रभातफेरी सहित मञ्चको कार्यक्रम गरिएको छ । दिवस मुल समारोह समितिको आयोजनामा आज बिहान प्रभातफेरी तथा मञ्चको कार्यक्रम गरिएको हो । 

 

खलंगाको कालीका स्थानबाट सुरु भएको प्रभात फेरी त्रिबेणि चोक, माथिल्लो बजार, पुष्पलाल चोक, तल्लोबजार, जिल्ला प्रहरी कार्यालय हुदै जिल्ला समन्वय समितिको प्रांगनमा कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्ने बक्ताहरुले संविधान दिवसको शुभकामना दिदै संविधान कार्यान्वयनमा सबै लाग्नु पर्ने बताएका छन् । 

 

संविधानले परिकल्पना गरे अनुसार स्थानीय, प्रदेश तथा संघीय गरी तीनै तहको निर्वाचन भई सरकार गठन हुनु र धमाधम आवश्यक कानुन निर्माण हुनु हालसम्मको उपलब्धी भएको बताएका थिए । 

 

संविधान दिवस मुल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका उपप्रमुख ईन्दिरा बिएमको अध्यक्षतमा भएको कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख देबिलाल गौतम, प्रमुख जिल्ला अधिकारी शम्भुप्रशाद रेग्मी, नेकपाका केन्द्रिय सदस्य बसन्त शर्मा, नेता बिमल कुमार पुन लगाएतको सहभागिता रहेको थियो ।

 

त्यस्तै कार्यक्रममा बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, शुरक्षा निकायका प्रमुख, विद्यार्थी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो । 

 

जिल्ला समन्वय अधिकारी माधवप्रसाद शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले गर्नुभएको थियो ।

 

यसैबिच रुकुम(पश्चिम)बाँफिकोट गाउँपालिकाले पनि बृक्षारोपन तथा सरसफाई कार्यक्रम गरि संविधान दिवस मनाएको छ । आज गाउँपालिकाका बिभिन्न ठाउँमा सरसफाई तथा गाउँपालिका कार्यालय परिसरमा बृक्षारोपन गरि दिवस मनाईएको हो । 

 

गाउँपालिकाको नेटा बजार हुँदै गाउँपालिकाको कार्यालय सम्म सरसफाई गरिएको र कार्यालय परिसरमा आँप, लिचि, तथा बिभिन्न प्रकारका फूलका बिरुवा रोपिएको गाउँपालिकाले जनाएको छ । 

 

बृक्षारोपन र सरसफाई पछि गाउँपालिकाको सभाहलमा कार्यक्रम गरिएको छ  । गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकला पुन, वडा नम्वर ३ का अध्यक्ष चन्द्रबहादुर केसी, ५ का अध्यक्ष कस्तुपप्रकाश दहाल, ४ का अध्यक्ष लिलाराम बिक लगायतको आतिथ्यता रहेको थियो । साँझ दिपावली गर्न सम्पुर्ण स्थानीयलाई आग्रह समेत गरिएको छ ।