• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

चौरजहारी १० मा श्रम सहकारी गठन

सानीभेरी समाचार डेस्क असोज ३ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० मा श्रम सहकारी गठन भएको छ । जिल्ला समन्वय समिति र नगरपालिकाको निर्देशन अनुसार श्रम सहकारी गठन गरिएको हो । 

 

वडाबासिहरुको भेलाबाट हिमबहादुर पुनको अध्यक्षतामा २५ सदस्यीय सहकारी संस्था गठन गरिएको छ । जसको उपाध्यक्ष निर्मल खड्का, सचिव गंगाराम रोकाय, सह सचिव तपेन्द्र बिक र कोषाध्यक्ष लालबहादुर बिक रहनुभएको छ ।

 

नव गठित श्रम सहकारीले वडामा हुने सबै बिकास निर्माणका कामहरु गर्ने छ । वडा अध्यक्ष धरम केसीको उपस्थितिमा सहकारी संस्था गठन गरिएको हो ।