• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

बालबालिकासँग वडा अध्यक्ष कार्यक्रम संचालन हुँदै

image not found

सानीभेरी समाचार डेस्क असोज ३ ।

रूकुम(पश्चिम)को सानिभेरी गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष टेकबहादुर पुनले बालबालिका संग वडा अध्यक्ष कार्यक्रम सुरु गर्नुभएको छ । राष्ट्रिय बाल दिवस २०७५ को अवसरमा आयोजित कार्यक्रममा वडा नं १ का बालबालिका संग प्रतिबद्धता जारी गरि यस्तो कार्यक्रम सुरु गर्नुभएको हो ।

 

वडा अध्यक्ष पुनले बालबालिकाका हरेक प्रकारका गतिविधि बुझ्न प्रत्येक महिनाको २ पटक विद्यालयमा पुगि जानकारी लिने बताउनुभएको छ । उहाँले भन्नुभयो ‘सानिभेरी गाउपालिकाले बालबालिकाको क्षेत्रमा महत्वपूर्ण कार्य अघि सारेको छ, गाउँपालिकाले अघि सारेका कार्यक्रम सफल पार्न हामी वडा अध्यक्ष वडा स्तरवाट लागेमा मात्र सफल र प्रभाकारी हुन्छ’ ।

 

आफ्नो वडामा ४ वटा विद्यालय रहेको र १ महिनामा २ पटक विद्यालयमा पुगि बालबालिकाको विभिन्न प्रकारको जानकारी लिने उहाँले वताउनुभयो । बालविवाह, बाल शोषण, बाल दुव्र्यवहार लगाएतका बारेमा सचेतनामुलक कार्यक्रम गर्ने र विद्यालय लगाएत हरेक क्षेत्र बालमैत्रि बनाउन उत्प्रेरणा जगाउने कार्यक्रम समेत गर्ने वडा अध्यक्ष पुनले बताउनुभयो ।