• अहिले तरंगमाआधुनिक गितहरु
  • केहि छिनमारेडियो प्रशारण सेवा समापन

ताजा अपडेट :

समाचार

सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कविहीन

असोज २ ।

१४ जना सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्क विहीन भएको छ ।

 

सिरियाका लागि उडेको इलाभेन–ट्वान्टी सैनिक विमान उडान भरेको केही मिनेटमै सिरियाको मेडिटेरानियन समुद्रमाथि बेपत्ता भएको रुसी अधिकारीहरुले बताएका छन् । 

 

सिरियाली राष्ट्रपति बसर अल असदको आग्रहमा रुसले सिरियालाई सहयोग गर्दै आएको छ ।

 

सो सैन्य विमान पनि सिरियाको सहयोगका लागि नै उडेको बताइएको छ । बिमानको खोजी भइरहेको छ ।