• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

दुई महिनादेखि छिमेकीको घरमा बादी परिवार

image not found

डिल्लीबहादुर खत्री चौरजहारी, असोज २ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ का उदय बादीको घर पहिरोको जोखिममा परेसँगै दुई महिनादेखि उहाँको परिवार छिमेकीको घरमा बसिरहेको छ । चौरजहारी नुवाकोट सडक खण्ड माथि रहेको घर अगाडिबाट पहिरो खस्दा उहाँको घर उच्च जोखिममा परेको हो ।

 

घर अगाडिबाट सडकमा पहिरो गएको र घर माथिदेखि जमिन चर्किएकोले २ महिना देखि छिमेकीको घरमा भाडा तिरेर बस्दै आएको पिडित बादीको बताउनुभयो । उहाँले भन्नुभयो ‘दिउँसो घरमा गएर काम गरेपनि राति घरमा बस्न डर लाग्छ सबै परिवार छिमेकीको घरमा बस्न आउछौँ र घरमा बसे वापत छिमेकीको काम गर्दिन्छौँ’

 

आप्नो घर पहिरोको उच्च जोखिममा परेपछि साउन महिना देखि अर्काको घरमा बस्दै आएको भएपनि अहिलेसम्म स्थानिय सरकारले कुनै वास्त नगरेको उहाँको गुनासो छ ।