• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुमकोटमा जिल्ला स्तरिय समिक्षा गोष्टी सम्पन्न

image not found

मदन बिसी रुकुम पूर्व, असोज २ ।

रुकुम(पुर्ब)मा जिल्ला स्तरीय बार्षिक प्रगति समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा सोमबार एक कार्यक्रमकाबिच आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न गरेको हो ।

 

कार्यक्रममा जिल्लाका ३ स्थानिय तहमा संचालित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुले आ आप्ना सम्पन्न योजना तथा कार्यक्रमहरुको प्रगती समिक्षा गरेका छन् । जस अन्तरगत रुकुम पुर्बमा कृयासिल गैरसरकारी संस्थाहरु रुकुमेली समाज बिकास केन्द्र, अपांग संरक्षण मन्च, मिक नेपाल, हुरेड कार्स नेपाल रुकुम, संघिय बिकास केन्द्र नेपाल र खिष्टियन समाज बिकास अभियान लगायत ७ वटा संस्थाले बार्षिक प्रगती प्रतिबेदन  प्रस्तुत गरेका थिए ।

 

प्रतिवेदन अनुसार ति संस्थाहरुले कृषि, स्वास्थ्य तथा वैकल्पिक जिविकोपार्जन पर्वदन कार्यक्रम, सुआहारा, खाद्य सुरक्षा तथा वातावरण संरक्षण कार्यक्रम, सबैका लागि दिगो सरसफाइ तथा स्वच्छता कार्यक्रम, पहाडी साना किसानका लागि अनुकुलन आयोजना, समुदायमा आधारित अपांग पुनस्थापना बिकास कार्यक्रम, सामुदायिक स्वास्थ्य कार्यक्रम, वहुभासा शिक्षा कार्यक्रम संचालन गरेका छन् ।

 

त्यस्तै प्रारम्भिक तह सिकाइ तालिम, शैक्षिक सुधार तथा नमुना विद्यालय निर्माण कार्यक्रम,  स्थानिय भासा संस्कृति प्रर्वदन कार्यक्रम र किशोर किशोरी योन तथा प्रजनन स्वास्थ्य, सर्वाङगीन बिकास द्धारा समुदाय रुपान्तरण लगाएतका बिभिन्न कार्यक्रमहरु सन्चालन गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

 

उक्त कार्यक्रम जिल्लामा संतोषजनक रुपमा सन्चालन भएको बताउदै जिल्ला समन्वय समिती प्रमुख गजेन्द्रबहादुर ओलीले उक्त कार्यक्रमले नेपाल सरकारका राष्ट्रिय अभियानहरु र स्थानिय तहका कार्यक्रमलाई जनमुखी र परिणाममुखी बनाउने बताउनुभएको छ ।

 

यसैबिच जिल्लाका ३ स्थानिय तहले पनि आर्थिक बर्ष २०७४÷०७५ को जिल्ला स्तरीय  बार्सिक प्रगती समिक्षा गोष्ठीमा आफनो प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । सिस्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक गौतमले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा यातायात,  विद्युत, शिक्षा र खानेपानीलाई प्राथमिककता दिएको र खानेपानी तथा सरसफाइमा बढी बजेट बिनियोजन गरेको उल्लेख छ । 

 

त्यस्तै भुमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिह श्रेष्ठले प्रस्तुत गर्नु भएकोे प्रतिवेदनमा कृषी उपज संकलन केन्द्र, सडक संजाल, नमुना विद्यालय निर्माण, पर्यटन प्रर्वदन, युद्ध फिचर निर्माण, भुमे डकुमेन्ट्री, संग्रालय निर्माण आदिलाई प्राथमिकता दिइएको तथा सबै भन्दा बढी नमुना विद्यालय निर्माणमा बजेट बिनियोजन गरिएको पाइको छ ।

 

पुथा उत्तरगङगा गाउँपालिकाले प्रस्तुत गरेको प्रगती प्रतिवेदन अनुसार जलविद्युत, यातायात र  गोरेटो बाटो निर्माणलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ । त्यस्तै सानोभेरी उत्तरगङगा जलविद्युत आयोजनामा सबै भन्दा बढी बजेट बिनियोज गरेको प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र बुढाथोकीले जानकारी गराउनुभयो ।

 

जिल्ला समन्वय समिती प्रमुख गजेन्द्रबहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख भिमकुमारी पुन, भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढा, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, पुथाउत्तरगङगा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला प्रहरी कार्यालय रुकुम पुर्बका डिएसपी लोकनाथ तिमल्सिना, रुकुम पुर्बमा कृयासिल विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

 

वार्षीक समिक्षा गोष्टी कार्यक्रमको सन्चालन जिल्ला समन्वय समितीका कार्यक्रम अधिकृत चिन्तामणी दाहालले गर्नुभएको थियो ।