• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

स्यार्पू महोत्सवको तयारी तिब्र

image not found

सानीभेरी समाचार डेस्क असोज २ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा यहि असोज ११ देखि १५ गते सम्म आयोजना गरिएको दोस्रो स्यार्पू पर्यटन महोत्सवको तयारी तिव्र पारीएको छ । बाँफिकोट गाउँपालिकाले वडा नं. ३ र ५ मा फैलिएको स्यार्पू तालमा गर्न लागेको महोत्सवको तयारी तिव्र पारिएको हो । 

 

महोत्सव स्थल पुग्ने सडक मर्मत, मञ्च व्यवस्थापन, अतिथि आमन्त्रण, प्रचार प्रसार लगाएतका काम तिव्र रुपमा अगाडि बढिरहेको र महोत्सव उद्घाटनका लागि प्रधानमन्त्रीलाई ल्याउँने गरी तयारी भैरहेको गाउँपालिकाले जनाएको छ । 

 

आईतबार महोत्सव आयोजना स्थल स्यार्पूताल छेउमा पत्रकार सम्मेलनको आयोजना गर्दै गाउँपालिकाले महोत्सवमा प्रधानमन्त्री सहित अन्य मन्त्री राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, मुख्य मन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई ल्याउँने तयारी भैरहेको बताएको हो । स्यार्पूको पर्यटन प्रवद्र्धनका लागि दोस्रो स्यार्पू पर्यटन महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक धर्मवहादुर केसीले जानकारी दिनुभयो । 

 

पर्यटन प्रवद्र्धन गर्ने उद्ेश्यले २०६७ सालमा पहिलो स्यार्पू पर्यटन महोत्सव आयोजना गरिएको र त्यसको दोस्रो संस्करणका रुपमा गाउँपालिकाले अहिले महोत्सव आयोजना गरेको उहाँको भनाई छ । महोत्सवबाट पर्यटन प्रवद्र्धनका साथै स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजार सम्म पु¥याउने लक्ष राखिएको छ । महोत्सवलाई भड्किलो र खर्चिलो नभई उपलब्धी मुलक बनाउँने गाउँपालिका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक केसीले बताउनुभयो ।