• अहिले तरंगमासाहित्य माला
  • केहि छिनमाथाहा खबर

ताजा अपडेट :

समाचार

मौलिक हकसम्बन्धी १५ विधेयक पारित

असोज १ ।

प्रतिनिधिसभाको बैठकले संविधानले व्यवस्था गरेअनुसारका सबै मौलिक हकसम्बन्धी १५ विधेयक पारित गरेको छ । जसमा दुई विधेयक हिजोमात्रै पारित भएको हो । 

 

हिजो बसेको बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएका दुवै विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । मन्त्री ढकालले ‘अपराधपीडित संरक्षण विधेयक, २०७५’ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘बालबालिकासम्बन्धी विधेयक, २०७५’ लाई सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

 

यी दुई विधेयकसँगै प्रतिनिधिसभाले मौलिक हकसम्बन्धी १५ विधेयक पारित गरेको छ । संविधानमा व्यवस्था गरिएका मौलिक हकसम्बन्धी विधेयकलाई असोज २ गतेसम्म पारित गरिसक्नुपर्ने समय सीमा रहेको छ ।