• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सल्ली चौरजहारी सडक स्तरवृद्धिको काम समेत सुस्त गतिमा

दुर्गा बिसी सल्यान, असोज १ ।

सल्ली चौरजहारी सडक खण्डको त्रिवेणि बजार नाथेखोलामा निर्माणाधीन पक्की पुलको काम निक्कै सुस्त गतिमा भैरहेको छ । २०७४ पौष मसान्त सम्ममा पुलको काम सम्पन्न गरिसक्ने सम्झौता भएपनि अहिले सम्म कामले तिव्रता लिन नसकेको स्थानीय दल वहादुर परियारले वताउनुभयो ।

 

हरिहरि कन्स्ट्रक्सनका हरिवहादुर रावत र सडक डिभिजनबिच २०७४ पौष मसान्तमा काम सक्ने गरी ४ करोड १७ लाखमा सम्झौता सम्झौता थियो ।  सडक डिभिजन कार्यलय दाङ्गले समेत ताकेता गर्दा पनि हरिहरि कन्ट्रष्क्सनका हरिवहादुर रावतले कामलाई खासै प्राथामिकतामा नपारेको डिभिजन कार्यालयको भनाई रहेको छ । 

 

समयमा पुल नबन्दा बन्गाड खोलाका कारण उक्त सडक खण्डमा असार देखि सवारीसाधन अबरुद्ध भएका छन् । पुलको सेटिङ्गको काम समेत निकै ढिला भैरहेको छ । ठेकेदारले सेटिङ्ग सामग्री उपलव्ध नगराउँदा र थोरै ज्यामीका कारण आउँदो वर्षमा समेत पुलको काम सम्पन्न नहुने अबस्था देखिएको अर्का स्थानीय तिलाराम वुढाले वताउनुभयो । 

 

वुढाका अनुसार निर्माण कम्पनीले काम समयमा नगर्दा बजार आवत जावतमा समेत समस्या भएको छ । पक्की पुल निर्माणको काम ढिलाईसँगै उक्त खण्डको आमखोली देखि नाथेखोला सम्मको ५ किलोमिटर सडक पिँचको काम समेत कचुवा गतिमा रहेको छ । 

 

एकवर्ष बिती सक्दा समेत सडकको डबल कटिङ्ग, नाली, जाली र होम पाईपको काम ५० प्रतिशत मात्रै सम्पन्न भएको छ ।