• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

त्रिपुरा माविको सामाजिक लेखापरिक्षण सम्पन्न

सानीभेरी समाचार डेस्क असोज १ ।

रुकुम(पश्चिम)को मुसिकोट नगरपालिका १ मा रहेको त्रिपुरा माध्यमिक विद्यालयको अभिभाबक भेला तथा सामाजिक लेखापरिक्षण सम्पन्न भएको छ । शिक्षक अभिभाबक संघका अध्यक्ष तथा विद्यालयका लेखापरिक्षण संयोजक विष्णु चन्दको अध्यक्षतामा भएको भेलामा आर्थीक वर्ष २०७४÷०७५ को आय व्यय प्रस्तुत गरिएको छ । 

प्रतिबेदन अनुसार विद्यालयको कुल आयतर्फ ८२ लाख ५१ हजार ८ सय २३ रुपैयाँ ५० पैसा र व्ययतर्फ ७९ लाख ३९ हजार ९ रुपैयाँ ८४ पैसा रहेको छ । भने मौजदात  तर्फ ७ लाख १४ हजार ८ सय १३ रुपैया ६६ पैसा रहेको छ । विद्यालयको आर्थीक प्रतिवेदन प्रधानाध्यापक शंकरकुमार रावलले प्रस्तुत गर्नुभएको थियो । 

 

त्यस्तै भेलामा शैक्षिक गुणस्तर बृद्धि तथा विद्यालयका पुर्वाधार निर्माण सम्बन्धमा शिक्षक अभिभाबकहरु संग छलफल समेत गरिएको छ ।

 

१ नम्बर वडाका वडा अध्यक्ष बिरबल केसीको प्रमुख आतिथ्यता रहेको भेलामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्रकुमार रोकाय, जेष्ठनागरिक इन्द्रबहादुर मल्ल, स्थानिय वुद्धिजिवी ज्ञानुचन्द्र चन्द, वडा सदस्य सरीता चन्द, शसिराम परियार लगाएतको आतिथ्यता रहेको थियो ।

 

शिक्षक तिलबिर केसीको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा गायक अमित परियार र तुल देबकोटाले साँगीतिक प्रस्तुति राखेका थिए ।