• अहिले तरंगमाबि.बि.सी. साझासवाल
  • केहि छिनमाआधुनिक गित

समाचार

रुकुमको लगातार दोस्रो जित

image not found

रुकुम

आयोजक रुकुमले क्षेत्रिय पुरुष भलिबलमा लगातार दोस्रो जित दर्ता गरेको छ । रुकुमले आफ्नो दोस्रो खेलमा आज मुगुलाई २–० को सेटमा हराएको हो । आजको जित संगै रुकुमले अन्तिम ८ अर्थात क्वाटरफाईनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
 
पुर्व मध्पश्चिम च्याम्पिएन रुकुमले समुह चरणको अन्तिम खेलमा दाङसंग खेल्ने छ । दाङलाई हराउन सके रुकुम बिजेता हुँदै क्वाटरफाईनल प्रवेश गर्ने छ । रुकुमले उद्घाटन खेलमा हिजो डोल्पालाई हराएको थियो । त्यस्तै प्रतियोगीता अन्तरगत आज अन्य ८ ओटा खेल भएका छन् ।
 
आजको पहिलो खेलमा जुम्लाले जाजरकोट, कालिकोटले हुम्ला, रोल्पाले प्युठान, मुगुले दाङ, दैलेखले सुर्खेत, बाँकेले बर्दिया र सल्यानले प्युठानलाई पराजित गरे । भोलीको पहिलो खेल जुम्ला र सुर्खेत विचमा हुने छ ।
 
सदरमुकाम मुसिकोट खलंगा स्थित बह्राटाकुरा टुँडिखेलमा हिजोबाट सुरु भएको प्रतियोगीता यही मंसिर ३० गतेसम्म संचालन हुने छ ।।