• अहिले तरंगमाथाहा खबर
  • केहि छिनमाआधुनिक गितहरु

ताजा अपडेट :

समाचार

नगरपालिकाले नियुक्त गर्ने बिव्यस अध्यक्ष

डिल्लीबहादुर खत्री÷चौरजहारी असोज १ ।

रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाले बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष नियुक्त गर्ने भएको छ । नगर शिक्षा ऐन २०७४ अनुसार नगरपालिका भित्र पर्ने बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष नगरपालिकाले नियुक्त गर्ने भएको हो । 

 

यसअघि अभिभावकले बिद्यालय ब्यवस्थापन समिति छान्नुपर्ने थियोे । अभिभावकले बिद्यालय ब्यवस्थापन समिति सदस्यहरु छानेर नगर शिक्षा समिति र नगरपालिकामा सिफारिस गरेपछि नगरपालिकाले सिफारिस भएका सदस्यहरुसँग छलफल गरि अध्यक्ष नियुक्त गर्ने नगर शिक्षा समिति संयोजक धनन्जय शर्माले बताउनुभयो ।

 

बिद्यालय ब्यवस्थापन समिति गठन हुँदा बिवाद देखिने भएकोले यस्तो गर्न लागिएको हो । शिक्षा समिति संयोजक शर्माले भन्नुभयो ‘नगर सभाले ऐन पारित गरेपछि हामी त्यसलाई कार्यन्वयनको प्रक्रियामा छौँ अब छिट्टै सबै बिद्यालयमा नयाँ बिद्यालय व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरिनेछ । 

 

नगरपालिकाले बिव्यस अध्यक्ष नियुक्त गर्ने भएसँगै बिद्यालय क्षेत्रमा हुने राजनीतिमा समेत कमि हुने बिश्वास लिइएको छ ।