• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

विश्व मिडिलवेट बक्सिङको उपाधि साउल क्यानेलोलार्इ

भाद्र ३१ ।

विश्व बक्सिङ महासंघको विश्व मिडिलवेट उपाधि साउल क्यानेलो अल्भारेजले जितेका छन् । अमेरिकाको लास भेगासमा भएको खेलमा काजकिस्तानका गेनाडी गोलोभ्किनलाई अंकका आधारमा पराजित गर्दै अल्भारेजले उपाधि जितेका हुन् ।

 

 

 

प्रतिस्पर्धात्मक खेलमा अल्भारेजले गोलोभ्किनलाई चार अंकले पराजित गरे । आजभन्दा ठिक एक वर्षअघि भएको यी दुई खेलाडीबीचको प्रतिस्पर्धा बराबरीमा सकिएको थियो ।

 

पहिलो राउण्डमा ११४–११४ अंकको बराबरी भएको म्याचको दोस्रो राउण्डमा अल्भारलेले दुई अंकको अग्रता लिए । दोस्रो राउण्ड ११५–११३ मा सकिएको थियो । तेस्रो राउण्डमा पनि ११५–११३ अंकले गोलोभ्किनलाई पछि पार्दै अल्भारेजले उपाधि जिते । ४० खेलमा अपराजित रहेका गोलोभ्किनको यो ब्यावसायिक बक्सिङमा पहिलो हार हो ।

 

 

 

पराजयपछि गोलोभ्किनले अल्भारेज भन्दा राम्रो खेलेको प्रतिक्रिया दिए । ‘आज कसले जित्यो भन्दापनि निर्णायक अनुशार क्यानेलो अल्भारेज ले जितेका छन् ।