• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सल्यानमा खोलाले बगाउदा दिदी भाईको मृत्यु

सानीभेरी समाचार डेस्क भाद्र ३१ ।

सल्यानमा खोलाले बगाउँदा दिदी भाईको मृत्यू भएको छ । जिल्लाको दार्मा गाउँपालिका ६ मलिबाङ घर भएका उनीहरुको शनिबार बेलुकी सात बजे स्थानीय दार्मा खोलाले बगाउँदा मृत्यू भएको हो । 

 

स्थानीय पूर्णिमा केसी माईतीघर रुकुमको नुवाकोटबाट घर फर्कदैँ गर्दा दार्माखोला तर्दा उहाँका १ छोरी र १ छोरा बेपत्ता भएका थिए । बेपत्ता २ बर्षिय छोरा मोहन केसीको करिब २ किलोमिटर तल शब फेला परेको थियो । 

 

भने ६ बर्षिया छोरी रेखा केसीको घटनास्थल देखी ३ किलोमिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मोहनको शव राती नै भेटिएपनि रेखाको भने आज बिहान मात्रै शव फेला परेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।